कपनमा हत्या गरिएकी आचार्यको न्याय माग्दै आफन्तहरू सडकमा

कपनमा हत्या गरिएकी आचार्यको न्याय माग्दै आफन्तहरू सडकमा

केन्द्रबिन्दु
0
Shares

गत बैशाख ७ गते काठमाडौंको कपनमा भएको हत्याको विरोधमा सडक अवरुद्ध पारेर प्रदर्शन गरिएको छ । 

कपनको सरस्वतीनगरमा भाडा पसल सञ्चालन गर्दै आइरहेकी निरु पाण्डे आचार्यमाथि छुरी प्रहार भएको हत्याको विरोधमा उनका आफन्तजन र अधिकारकर्मीहरु सडकमा उत्रिएका हुन् । घटना भएको ३ दिन वित्दा पनि प्रहरीले हत्यामा संलग्नको बारेमा सुईको समेत पाउन नसकेको र घटनाको छानविनमा कुनै तदारुकता नदेखाएको आरोप पनि प्रदर्शनमा उत्रिएकाहरुले लगाएका छन् । 

बाग्लुङ घर भएकी आचार्य कपनमा भाडा पसल सञ्चालन गर्दै आएकी थिइन् । छुरी प्रहारबाट घाइते भएकी आचार्यको उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याउँदा मृत्यु भएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । 

३५ बर्षीया आचार्यमाथि छुरी प्रहार गरी फरार रहेको व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Logo