वडाध्यक्षको निधनको शोकमा आज कीर्तिपुर नगरपालिकामा बिदा

वडाध्यक्षको निधनको शोकमा आज कीर्तिपुर नगरपालिकामा बिदा

केन्द्रबिन्दु
0
Shares

कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधनमा कीर्तिपुर नगरपालिकाले आज नगर क्षेत्रमा शोक बिदा दिएको छ ।

वैशाख १ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा हिजो अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा निधन भएको हो । चम्पादेवी मन्दिर जाने बाटो मर्मत गरेर फर्कने क्रममा उनि चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

पोहोर भएको पालिका चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कीर्तिपुर ४ को वडाध्यक्षमा निर्वाचित भएका थिए । 

 

Logo