१५ दिनपछि उठाउन थालियो सिंहदरवारको फोहोर, आजै सक्ने

१५ दिनपछि उठाउन थालियो सिंहदरवारको फोहोर, आजै सक्ने

केन्द्रबिन्दु
0
Shares

सर्वोच्चको आदेशपछि महानगरले आजदेखि सिंहदरबारको फोहोर उठाउन थालेको छ । 

तीन दिन भित्र सिंहदरबारको फोहोर उठाउन सर्वोच्च अदालतले दिएको आदेश प्राप्त भएको काठमाडौं महानगरका मेयर बालेन साहको भनाई लगत्तै महानगरपालिकाले फोहोर उठाउन थालेको हो । 

आज अपरान्हदेखि फोहोर उठाउन थालेको परिवर्तन सेवा कम्पनीले आजै सिंहदरबार क्षेत्रको फोहोर उठाइसक्ने बताएको छ । परिवर्तन सेवा प्रा.लिका मित्र प्रसाद घिमिरेले अनुसार बेलुका ८ बजे सम्म फोहोर उठाइसक्ने लक्ष्य रहेको जानकारी दिए । उनले भने, ‘आजबाट मेयर साहबले फोहोर उठाउनु भन्ने निर्देशन गर्नु भयो र उहाँको फेसबुक पेजमा पनि अब सिंहदरवारको फोहोर उठ्छ भन्ने सूचना गर्नु भएको छ। त्यसैले अहिले हामी फोहोर उठाउँदै छौं । र यहाँको फोहोर बेलुका ८ बजे सम्म उठाई सकिन्छ । ’

महानगरले गत चैत २५ गतेबाट  सिंहदरबारको फोहोर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएसँगै सिहंदरबारको फोहोर उठ्न बन्द भएको  थियो । सर्वोच्च अदालतले ३ दिनभित्र फोहोर उठाएर  बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो ।

 

Skip This
Skip This
Logo