आज पाँच प्रदेशमा पानी पर्ने, तराईका केही भागमा हावाहुरी चल्ने

आज पाँच प्रदेशमा पानी पर्ने, तराईका केही भागमा हावाहुरी चल्ने

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको  सम्भावना रहेको छ। 

तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राती  भने  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भू–भागहरुका  केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन/चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Logo