मिटरब्याज पीडितको आन्दोलन २३औं दिनमा, माग पूरा हुने छैन संकेत

मिटरब्याज पीडितको आन्दोलन २३औं दिनमा, माग पूरा हुने छैन संकेत

केन्द्रबिन्दु
0
Shares

मिटर व्याज पीडितहरुको आन्दोलन आज २३औं दिनमा प्रवेश गरेको छ । सरकारलाई पेश गरेको ६ बुदेँ माग सम्बोधन नभएसम्म जति दिन विते पनि आन्दोलन जारी रहने पीडितहरुको भनाइ छ । 

मिटरव्याज पीडित मदन अर्यालले मिटर व्याजको समस्या समाधान गर्नको लागि सरकारले गठन गरेको छानबिन आयोग मात्र पर्याप्त नभएको बताएका छन् । उनले सरकारले गठन गरेको आयोगसँग धेरै चरणमा वार्ता भएपनि आफूहरुको माग सम्बोधन हुने देखेपछि वार्ता टुङ्ग्याउने गरेको आरोप लगाए । 

पीडित अर्यालले भने, ‘सरकारले छानबिन आयोग त बनाएको छ तर त्यसले मात्र काम गरेर केही हुदैँन् । यसको लागि कार्यान्वयन गर्न सक्ने आयोगको आवश्यकता पर्छ । हामीले ५, ६ चरणमा वार्ता गरेपनि उनिहरुले हामीले राखेको मागलाई कानूनी, राजनीतिक र प्रशासनिक मागमा विभाजन गरेर प्रशासनिक माग मात्र पूरा गर्न सक्ने प्रतिक्रिया दिएको थियो । हाम्रो मागको विषयमा लिखित रुपमा नदिएपछि, हामीले वार्ताको फाईदा नहुने देखेर हामी माथि नै छलफल गर्न तयार छौँ ।’ 

उनले आफूहरुको माग पूरा नभएसम्म फर्किएर नजाने भन्दै राज्यले यसलाई यसलाई गम्भीर रुपमा हेर्नुपर्ने बताए ।  

Logo