साढे ७ लाखभन्दा बढी नक्कली नेपाली नोटसहित एक महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–६ बस्ने २५ वर्षीया अनुकुमारी साह रहेकी छिन् । उनलाई ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनको साथबाट एक हजार दरको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ । जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको झोलाबाट नक्कली नोट बरामद गरिएको हो ।
प्रारम्भिक बयान अनुसार साहले भारतबाट १ लाख सक्कली रुपैयाँले २ लाख नक्कली नोट साटेर ल्याएको बताएकी छिन् । अनुसन्धानको क्रममा नक्कली नोटको कारोवारमा थप व्यक्तिको संलग्नता समेत रहेको बुझिएपछि धनुषा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ ।





























प्रतिक्रिया