बैतडीमा बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बैतडीमा बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

केन्द्रबिन्दु
0
Shares

बैतडीमा बोल्न नसक्ने  १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन्। पाटन नगरपालिकाका ती वृद्धले गत पुसमा अपाङ्गता भएकी बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले  जनाएको छ।

आरोपित वृद्धलाई मंगलबार  पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले  बताए। अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले  जनाएको छ।

Logo