संयुक्त ट्रेड युनियन संघर्ष समितिका महासचिव वसन्त वोगटीले नेपालको मजदुर आन्दोलन चुनौतीको विषय बनेको टिप्पणी गरेका छन् ।
बुधबार संयुक्त ट्रेड युनियन संघर्ष समितिद्वारा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै महासचिव बोगटीले बाध्यकारी श्रमिक आप्रवासन देशिया, आकांक्षा स्वाभिमान एवं स्वाधीनताका निम्ति गम्भीर चुनौती विषय भएको बताएका हुन् ।
उनले भने, ‘मजदुर आन्दोलन भित्र पुँजीपतिहरुले विभिन्न प्रकारको षडयन्त्रहरु गरेर मजदुरहरुको प्रतिनिधिका रुपमा मजदुर आन्दोलनलाई विभाजित गर्ने काम दुस्साहसहरु गरेका छन् । हाम्रा मजदुरहरुमा विभिन्न खालको भ्रम छर्ने काम भएको छ । जस्ले एउटा चुनौती खडा भएको छ ।’
उनले १३४औं अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसका सन्दर्भमा उनले स्वाधीन अर्थ –राजनीतिक बहसलाई विषयान्तर गर्ने र समृद्धिको अमुर्त निवर्गिय चर्चाले जनवादी क्रान्तिकारी कार्यभार र आवश्यकताको प्रश्नलाई धमिल्याउन काोशिस भएको बताए ।
त्यसैगरी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका उपाध्यक्ष ईश्वर पोखरेलले मजदुरको कठिन दैनिकी, तलव,ज्यालाका समस्या, खोसिँदै लगिएका ट्रेड युनियन अधिकार र कुण्ठित गरिँदै लगिएका हड्तालले अधिकार आदिवारे विमर्श नगरी वाम आन्दोलनको समेत सान्दर्भिकता कमजोर हुँदै जाने टिप्पणी गरे ।
उनले अमेरिकी मजदुर आन्दोलनको ऐतिहासिकीकरण गौरवको अनुशरण गर्दा नेपाली मजदुरहरुका पेशागत, अधिकारी, जनवादी शक्तिहरुको गम्भीर बहसको विषय हुनुपर्ने बताए ।































प्रतिक्रिया