निरा हत्या प्रकरणः प्रहरीद्वारा ११ सदस्यीय अनुसन्धान समिति गठन

निरा हत्या प्रकरणः प्रहरीद्वारा ११ सदस्यीय अनुसन्धान समिति गठन

केन्द्रबिन्दु
0
Shares

राजधानीको कपनमा घटेको निरा पाण्डे आचार्यको हत्याको रहस्य पत्ता लगाउन नेपाल प्रहरीले ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ ।

घटनाको अनुसन्धान गर्न प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी, ब्युरोकै एसएसपी दिनेश आचार्य, डीएसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेत लगायत छन् ।

वैशाख ७ मा दिउँसो कपनस्थित सरस्वती नगरमा भाँडा पसलको काउन्टरमा उनी मृत भेटिएकी थिइन् । घटनाको अनुसन्धानमा यसअघि नै पनि केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो टिम परिचालन गरिसकेको छ ।  ३५ वर्षिया निराको शरीरको २० ठाउँमा चक्कुको डोब देखिएको छ । बाहिरबाट पसलमा प्रवेश गरेर दोस्रो व्यक्तिले उनको हत्या गरेको प्रहरीको बताएको छ ।

Logo