ताप्लेजुङमा चट्याङ लागेर वृद्धको मृत्यु

ताप्लेजुङमा चट्याङ लागेर वृद्धको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको मृत्यु भएकाे छ।  

सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो ।

इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइने कार्कीले बताए।केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो ।

Skip This
Skip This
Logo