लागू पदार्थ सेवन गरी विद्यार्थी बस चलाउने चालक पक्राउ

लागू पदार्थ सेवन गरी विद्यार्थी बस चलाउने चालक पक्राउ

केन्द्रबिन्दु
0
Shares

लागू पदार्थ सेवन गरी विद्यार्थी बस चलाउने चालकसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्ने नोवेल इङ्लिस बोर्डिङ स्कुलका विद्‍यार्थी बोकेको प्रदेश ३ -०१ ००६ ख ०६ ३० नम्बरको बसका चालक धादिङ गल्छी गाउँपालिका-९ का चन्द्रबहादुर तामाङ, ग १ य १११२ नम्बरको पर्यटक बस चालक गल्छी गाउँपालिका-६ का दिर्घबहादुर मग्राती,  बा १६ च ९३ ६९ नम्बरको कार चालक गल्छी गाउँपालिका-३ का रमेश मगर र बा ३१ प ३४ नम्बरका मोटरसाइकल चालक मकवानपुरको हेटौंडाका  राजु तामाङ रहेका छन् । थानकोटस्थित चेक पोइन्टमा भएको बिशेष चेकजाँचका क्रममा ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

नियन्त्रणमा आएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलिले शुक्रवार ‍ २० सवारी साधन चेक गर्दा उनीहरु पक्राउ परेका हुन् । 

Logo