बिरोधकाबीच जनकपुरधामका प्रमुख साहले गरे भानुभक्तको शालिक शिलान्यास

बिरोधकाबीच जनकपुरधामका प्रमुख साहले गरे भानुभक्तको शालिक शिलान्यास

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम उप-महानगरपालिका प्रमुख मनोजकुमार साहले विरोधकाबीच भानुचोकमा आदिकवि भानुभक्त आचार्यको सालिक स्थापनाका लागि आज सिलान्यास गरेका छन् ।

जनकपुरधामको प्रवेद्ववार मानिने भानुचोकमा राखिएको शालिक तोडफोडपछि पुननिर्माण गरिएको थियो। विभिन्न मधेस केन्द्रित राजनीतिक दलको विरोधकाबीच प्रमुख साहले सोही शालिक शनिवरा सिलान्यास गरेका हुन् ।

भानुचोकमा भानुभक्तको शालिक स्थापना गर्ने उप–महानगरपालिकाको निर्णयप्रति जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी लगायतका मधेश केन्द्रीत दलका भातृ सँगठनहरुले विरोध जनाएका छन् ।

मधेश आन्दोलनको क्रममा भानुचोकमा रहेको भानुभक्तको शालिक तोडफोड भएको थियो । २०६२/०६३ को मधेश आन्दोलनको क्रममा भानुचोकमा रहेको भानुभक्तको शालिक तोडफोड गरि उक्त चोकलाई मधेश आन्दोलनका प्रथम शहिद रमेश महतोको नामबाट विभिन्न पार्टी कार्यकर्ताले आ-आफ्ना स्वार्थ अनुकूल रमेश चोक घोषणा गरेका थिए । तर, उनको नाममा  चोक नामाकरण गर्ने आधिकारिक घोषणा भने भएको छैन् ।

नेपाली काँग्रेस र हिन्दु परिषद्ले भानुचोकमा भानुभक्तकै शालिक निर्माण गरिए जनकपुरको मानसम्मान र पौराणिक दृश्यांकन हुने तर्क गरेको छन् । त्यस्तै, जसपा, लोसपा, जनमत पार्टीले  रमेश महतोको शालिक निर्माण हुनुपर्ने अडान लिएपछि भानुचोकमा शनिबार बिहानै तनाव उत्पन्न भएको हो । 

सिलान्यास पश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपमहानगर प्रमुख साहले बोर्डको बैठकबाट निर्णय भएअनुसार भानुभक्तको शालिक निर्माण गर्न लागेको बताएका छन् । उनले  दुई दिनभित्र सर्वदलीय बैठक बसेर विषयमा असन्तुष्ट पक्षसँग वार्ता गर्ने प्रतिक्रिया दिए। 

Logo