मृगलाई ताकेको गाेलीले महिलालाई लागेपछि …. 

मृगलाई ताकेको गाेलीले महिलालाई लागेपछि …. 

केन्द्रबिन्दु
0
Shares

रोल्पा । मृगलाई ताकेको बन्दुकको गोली एक महिलालाई लागेकाे प्रहरीले जनाएकाे छ ।  रोल्पा नगरपालिका–९ फाल्जाका ३७ वर्षीय हस्तबहादुर पुनले चलाएको बन्दुकको गोली लागेर ४५ वर्षीया बरु पुन गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

सोमबार साँझ ५ बजेतिर बाख्रा चराएर घरतिर फर्कँदै गर्दा हस्तबहादुरले चलाएको गोली टाउकोमा लाग्दा गम्भीर घाइते भएकी महिलाकाे रोल्पा अस्पताल रेउघामा उपचार हुन नसक्दा मङ्गलवार बिहान भैरहवा मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएकाे छ ।

गोली चलाउने पुनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ ।  साथै घाइते बरु पुनकाे भैरहवा मेडिकल कलेजमा उपचार भइरहेकाे छ ।

 

Logo