मानव तस्करी रोक्न महिलालाई आर्थिकरुपमा सबल बनाइनु पर्ने विज्ञहरुको सुझाव

मानव तस्करी रोक्न महिलालाई आर्थिकरुपमा सबल बनाइनु पर्ने विज्ञहरुको सुझाव

केन्द्रबिन्दु
0
Shares

नेपाल र भारतका उच्च पदस्थ व्यक्तिहरुले मानव बेचविखन रोकथामका लागि दुई देशको सीमा क्षेत्रमा जनचेतनामूलक कार्यक्रम हुनुपर्ने धारणा राखेका छन् । 

माइती इन्डियाले भारतको नयाँ दिल्लीमा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सेमिनारमा मानव तस्करी रोक्न महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउनु पर्ने धारणा पनि उनीहरुले राखेका छन् ।

कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले नेपालमा मानव बेचबिखन निम्त्याउने प्रमुख कारण बेरोजगारी भएकाले त्यसको न्यूनीकरणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे । उनले बेचबिखनमा परेका महिला तथा बालबालिकाको उद्दारका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासले महत्वपर्ण कदम चालेको पनि चर्चा गरे । 

यस्तै, भारतीय महिला आयोगकी अध्यक्ष रेखा शर्माले मानव बेचविखन रोकथामका लागि नेपाल भारत सीमा क्षेत्रमा प्रभावकारी कार्यक्रम राखिनु पर्ने बताइन् । उनले भारत अवैध तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको भन्दै यहाँबाट मध्यपूर्व,अफ्रिकी र मध्य एसियाली गणतन्त्र देशहरुमा मानव तस्करी र बेचबिखन हुँदै आएको बताइन् । 

मानव तस्करी रोक्नका लागि सीमा क्षेत्रका महिलालाई आर्थिक रुपमा बलियो बनाउन रोजगारी सृजना गर्नुपर्ने धारणा पनि उनको थियो । ‘मानव बेचविखन रोकथामका लागि भारत नेपाल सीमा क्षेत्रका स्थानीय जनतालाई ओसारपसारविरुद्धको कार्यक्रममा सहभागी गराएर जनचेतना फैल्याउनु पर्छ । स्थानीय किशोरीहरु र महिलालाई बलियो बनाउन रोजगार सृजना आवश्यक छ ।’  शर्माले भनिन् । 

शुक्रवार नयाँ दिल्लीमा सम्पन्न माइती इन्डियाले आयोजना गरेको अन्तराष्ट्रिय सेमिनारमा मानव बेचबिखन र सुरक्षित आप्रवासनका समस्या,चुनौती र समाधानको विषयमा नेपाल र भारतका विभिन्न सुरक्षा निकाय, मानव बेचबिखन विरुद्ध काम गर्दै आएका माइती नेपालका  प्रतिनिधि लगायतका विभिन्न निकायका गरी ७५ जनाले सहभागीता जनाएका थिए । 

Skip This
Skip This
Logo