प्रहरीले लागूऔषध खैरो हेरोइनसहित सशस्त्र प्रहरीका हवल्दारलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सशस्त्र प्रहरीक कैलाली ४३ नं. रिजर्भ गण हेडक्वाटर बनबेहडामा कार्यरत प्रेमसिंह सुनार रहेका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएका प्रहरी टोलीले टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार सुनार भारतीय बजार तीकुनियाँबाट टीकापुर आउँदै गरेका थिए। उनीसहित प्रहरीले लम्कीका २६ वर्षीय सागर घिमिरेलाई पनि पक्राउ गरेको छ। उनलाई प्रहरीले खक्रौला नाकाबाट शनिवार दिउँसो पक्राउ परेका थिए।
सुनार वैशाख १४ गतेदेखि लागू हुने गरी १५ दिनको बिदामा घर आएका वेला लागुऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले बताए।
उनका अनुसार सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्वारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन्।





























प्रतिक्रिया