धार्दिङ ।
धार्दिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
पहिरोले घर पुरिंदा २० वर्षीया सम्झना खाँण, २२ वर्षिय मिलन खाँण र उनीहरुको डेढ बर्षिय छोराको मृत्यु भएको हो ।
अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र स्थानीयको सहयोगमा मृतकहरुको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशभरि नै बाढी पहिरोले वितण्डा मचाएको छ ।































प्रतिक्रिया