काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले छिमेकी मुलुक चीनमा अवस्थित केरुङ च्छो पोखरीमा पानीको मात्रा बढेकाले कुनै पनि बेला फुट्न सक्ने जोखिम भएकाले भोटेकोशी नदी वरपरका नागरिकलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालद्वारा जारी गरिको सूचनामा त्यस्तो अनुरोध गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जारी गरेको सूचनामा भनिएको छ–‘छिमेकी मुलुक चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ नामको पोखरीमा अविरल परिरहेको वर्षातका कारण पानी भरिन गएकाले पोखरी फुट्न सक्ने सम्भावना बढेकाले चीनले दोषाषेमार्फत सतर्कता अपनाउन जानकारी दिएको छ ।’
सूचनामा उक्त पोखरी फुटने जोखिम बढेकाले भोटेकोशी नदीमा आकस्मिक रुपमा पानीको बहाब बढ्न सक्ने भएकाले भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहहरुका बजार तथा मानव बस्तीहरुलाई बगाउन सक्ने र ठूलो क्षति पुर्याउन सक्ने सम्भावना रहेकाले उक्त क्षेत्रमा बस्ने सर्वसाधारण र स्थानीय तहहरुलाई सचेत रहन आग्रह गरिएको छ ।
त्यस्तैगरी सूचनामा आकस्मिक रुपमा आउन सक्ने बाढीबाट बच्न पूर्वतयारी अपनाउन र भोटेकोशी किनारका बस्तीका सर्वसाधारणहरुलाई तत्काल उक्त क्षेत्र छोडि सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउन जिल्ला विपद व्यवस्थापन समितिलाई अनुरोध समेत गरिएको छ ।
पूरा सूचना:






























प्रतिक्रिया