नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न थप दुई जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न थप दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा विचौलियाको भुमिका खेलेको आरोप लागेका रामशरण केसी र गोविन्द चौधरी छन् । 

हालसम्म प्रहरीले यस प्रकरणमा संलग्न १० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पुर्जी जारी भइसकेका संघीय संसदका सांसद टोपबहादुर रायमाझी फरार छन् । मंगलबार मात्र उनको ललितपुरको सातदोबाटोस्थित निवासमा प्रहरीले छापा मारेको थियो । तर रायमाझीको बारेमा थप केही सुराक प्रहरीले पाउन सकेको छैन ।

यसअघि यस प्रकरणमा प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सांसद रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । साथै केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङलाई पनि पक्राउ गरिएकाे छ । 

Logo