अर्घाखाँची आगलागी अपडेट : घाइते भएका ४ जनाको मृत्यु

अर्घाखाँची आगलागी अपडेट : घाइते भएका ४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु हुनेको संख्या चार पुगेको छ।आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ।

भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर कृष्णप्रसाद घिमिरेले जानकारी दिए।

घरमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएको पाँच जनामध्ये ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको यसअघि नै मृत्यु भइसकेको थियो।

पदमलाई थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा नारायणगढमा र पिताम्बरको मिसन अस्पतालबाट काठमाडौँ लैजाँदै गर्दा पाल्पामै मंगलबार राति मृत्यु भएको हो ।काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचाररत माधव र घनश्यामको भने बुधबार बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

अस्मिता बेल्बासे मिसन अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले ४ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

Logo