भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा वृहत् नागरिक आन्दोलनको प्रदर्शन

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा वृहत् नागरिक आन्दोलनको प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

वृहत् नागरिक आन्दोलनले नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ । 

नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको ठहरसहित  नागरिक अगुवाहरुले सो प्रकरणमा संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न मागगर्दै प्रर्दशन गरेका हुन् । काठमाडौंको भद्रकालीमा भएको प्रर्दशन तथा -यालीमा उनीहरुले अमेरिका लैजाने नाममा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहलाई संरक्षण नगर्न राजनीतिक नेतृत्वलाई खबरदारी पनि गरेका छन् ।

रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद तथा उनीहरूका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट  ढाकछोप भइरहेको नागरिक आन्दोलनको आशंका छ । नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न भएकालाई पक्राउ गरी प्रहरीले राम्रो काम गरेको भन्दै यसलाई टुंगोमा पु-याउन उनीहरुले आग्रह गरेका छन् । 

Skip This
Skip This
Logo