जनस्वास्थ्य प्रतिष्ठानद्वारा आयाेजित विषादी न्यूनीकरणसम्बन्धी कार्यशाला सम्पन्न

जनस्वास्थ्य प्रतिष्ठानद्वारा आयाेजित विषादी न्यूनीकरणसम्बन्धी कार्यशाला सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नेपाल जनस्वास्थ्य प्रतिष्ठान (NPHF)ले नेपालमा विषादी न्यूनीकरणका लागि नीति र मार्गनिर्देशनको सुधार गर्न बहुक्षेत्रीय संलग्नता बिषयक कार्यशाला सम्पन्न गरेकाे छ ।

काठमाडाैँमा आयाेजित उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष डा. बद्रीराज पाण्डे अध्यक्षता साथै केन्द्रिय संचालन समितिका सदस्य प्रा. डा. शरद वन्तको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रममा केन्द्रीय, प्रादेशिक र स्थानिय तहबाट कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रतिनिधित्व गर्दै विभिन्न प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्यशालाको मुख्य उदेस्यलाई ध्यानमा राखेर कृषि, स्वास्थ्य र वातावरण नेपाल (FHEN) अन्तर्गत NPHF द्वारा तयार पारिएको बिषादी न्यूनीकरणसम्बन्धि निर्देशिकाको मस्यौदा र नीति प्रस्तुतिकरण, प्रतिष्ठानका केन्द्रिय संचालन समितिका सदस्य अच्युत प्रसाद ढकालले दिएका थिए, जसमा उक्त कार्यक्रममा उपस्थित प्रतिनिधिलगायत सहभागीहरु बिच महत्त्वपूर्ण छलफल भई पृष्ठपोषणको आदानप्रदान र मुख्य बुँदाहरुमा टिकाटिप्पणीसमेत भएको थियो ।

उक्त कार्यशालाको उदेश्यलाई समर्थन गर्ने प्रतिबद्दता जनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारीको मन्तव्यसँगै कार्यक्रमको समापन भएको थियो ।

Logo