तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० बैसाख २९ गते शुक्रबार। १२ मे २०२३।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज शुभकार्यको चर्चा चल्नेछ । नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता पनि छाउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्न सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ, तर आफन्तको साथ मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारको लगानी भने कमजोर रहला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साँझमा भने अधिक धन खर्च भने हुन सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्न सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्ला, तर खर्च पनि बढ्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक यात्राको योग पनि छ ।
 

Logo