अत्तरियाबाट लागूऔषधसहित एक जना पक्राउ

अत्तरियाबाट लागूऔषधसहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कैलालीमा लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका–२ अत्तरिया चोकबाट ५ सय १० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका ३३ वर्षीय विक्रम देउवालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले उनको साथबाट लागूऔषध फेला पारेको जनाएको छ ।

Logo