तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० जेठ १ गते साेमबार। १५ मे २०२३।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ। धार्मिक काम र भक्तिभाव बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
पूजा पाठमा मन जानेछ । मनोरञ्जन पूर्वक दिन बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवारसँग समय व्यतीत हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक कार्य अघि बढ्नेछ । शेयर बजरको कारोबारमा सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज श्रद्धा र भक्ति बढ्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तरपनि कुनै न कुनै कुराले मन प्रसन्न रहला।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
स्वादिष्ट सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।
 

Skip This
Skip This
Logo