हिमाली जिल्ला मुगुमा पहिलो पटक नागरिक सहजकर्ता स्थापना भएको छ।
कर्णाली सुरक्षा अभियान कार्यक्रम अन्तर्गत जिल्ला भर रहेका ईलाका प्रहरी कार्यालय देखी हरेक प्रहरी, चौकिमा अब नागरिक सहजकर्ता मार्फत सेवा प्रवाह गर्न थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगु लगायत अन्य चौकिहरुका मूलढोकामा एकजना युनिफर्ममा रहेको प्रहरी जवान नागरिक सहजकर्ताका रूपमा खटाउने व्यवस्था गरिएको छ ।
मुगु जिल्लाका लागि काठमाडाैँबाट भर्खरै आएकी तालिम प्राप्त प्रतिज्ञा घलानलाई जिल्ला प्रहरी कार्यालयको लागि उनलाई नागरिक सहकर्तामा राखिएको हो। आइतबार एक कार्यक्रमका बिच उनलाई नागरिक सहजर्तामा स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
अब प्रहरी युनिटमा आउने हरेक सेवाग्राहीले के–कति कामले आएका हुन् ? सोधपुछ गर्ने र सेवाग्राहीले भने अनुसारको कामको प्रकृति अनुसार सम्बन्धित व्यक्ति तथा फाँटमा पठाइदिन र सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको प्रहरी नायव उपरिक्षक महेस बस्नेतले बताए ।
बिशेष गरेर ग्रामिण भेगका अशिक्षित नागरिकहरुलाई छिटो छरितो सेवा प्रवाहका लागि प्रहरी युनिटमा नागरिक आएका हुन्छन्। उनीहरू कस्तो सेवाका लागि कुन ठाउँ जाने ? के गर्ने ? भनेर निकै अलमलमा परेका हुन्छन्।
यस्ता अलमलमा पर्ने सेवाग्राहीलाई सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको डिएसपि बस्नेतले बताए । कार्यालयमा एउटै पोशाक लगाएका थुप्रै प्रहरी कर्मचारी बसेका हुन्छन् ।
'नागरिकहरुले सहजै रुपमा सेवा पाउने उद्देश्यले नागरिक सहजकर्ता राख्न सुरु गरिएको हो,' उनले भने, 'न्यायका लागि आउने जो-कोही नागरिकलाई दिने हाम्रो सेवा सहज र सरल हुनुपर्छ, सहजकर्ताका रूपमा खटिने प्रहरीलाई निर्देशित पनि गरेका छौँ,'
जिल्ला प्रहरी कार्यालयसहित जिल्लाभर २ ईलाका प्रहरी कार्यालय र १६ वटा चौकि रहेका छन् । यी सबै चौकिहरुमा एकजना सहजकर्ता खटाएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।































प्रतिक्रिया