हुरीबतासले ढालेको रुखले किचेर महिलाको मृत्यु

हुरीबतासले ढालेको रुखले किचेर महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

हिजो साँझ राजधानीमा आएको हावाहुरीका कारण एक जनाको मृत्यु भएकाे छ।  काठमाडौँको मातातीर्थमा ढलेको रुखले थिचेर ४२ वर्षीया नीराकुमारी महर्जनको निधन भएको जनाइएको छ।

चन्द्रागिरी नगरपालिका ८, मातातीर्थस्थित कुण्ड नजिकैको सडकमा हिँडिरहेको अवस्थामा रुखले किचेपछि स्थानीय महर्जन गम्भीर घाइते भएकी थिइन्। उपचारार्थ सानेपास्थित स्टार अस्पताल लगिएकोमा उनको राति साढे १० बजे निधन भएको  प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo