चट्याङ लागेर चार दिनदेखि अलपत्र घाइतेकाे आज पनि उद्धार गरिदैँ

चट्याङ लागेर चार दिनदेखि अलपत्र घाइतेकाे आज पनि उद्धार गरिदैँ

केन्द्रबिन्दु
0
Shares

मौसमका खराबीका कारण चट्याङ लागेर चार दिनदेखी उद्धार हुन नसकेका घाइतेहरुलाई आज पुनः उद्धारको प्रयास गरिने भएको छ।

यार्सागुम्बा टिप्न जाँदा गत शनिवार दार्चुलाको व्यास गाउँपालिका-२ हुम्दुम्तीमा चट्याङ लागेर घाइते भएका तीन जनाको अझै उद्धार हुन नसकेको बेला मंगलवार बिहान पुनः प्रयास गरिन लागिएको हो। 

सो चट्याङबाट घाइते अवस्थामा नै सोही क्षेत्रमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई आज फेरी उद्धारको प्रयास गरिने  प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए। ‘मौसमको खराबीका कारण आजसम्म उद्धार गर्न सकिएको छैन, मंगलवार बिहान पुनः उद्धारका लागि प्रयास गर्नेछौँ’ उनले भने । 

सो चट्याङमा परेर दुहुँ गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा तथा सोही गाउँपालिका- २ हिकिलाका १८ वर्षीय महेश बडाल माथी चट्याङ परेपछि तीनै जना घाइते भएका थिए। 

व्यास गाउँपालिका-२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीनैजनालाई सोमवारसम्म मलकोट भन्ने स्थानसम्म ल्याई पुरयाइएको छ तर उनीहरुको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गा भन्दा बाहिर निस्कन सकेकाे छैन् ।

हिजाे मौसमका कारण सो हेलिकोप्टर त्यहाँ भन्दा बाहिर निस्कन नसके पनि मंगलबार बिहान भने मुलकोट नै पुगेर घाइतेहरुलाई ल्याउने तयारी रहेको प्रजिअ जोशीले जानकारी दिए।

Logo