विश्वकै उत्कृष्ट हस्तलेखनको उपाधी विजेता सदिक्षाको बेलायतमा निधन

विश्वकै उत्कृष्ट हस्तलेखनको उपाधी विजेता सदिक्षाको बेलायतमा निधन

केन्द्रबिन्दु
0
Shares

विश्वकै उत्कृष्ट हस्तलेखनको उपाधी विजेता विद्यार्थी सदिक्षा थोकर तामाङको बेलायतमा निधन भएको छ । 

उच्च शिक्षाका लागि बेलायत आएको केही समयमै बिरामी भएर दोलखाकी २१ वर्षीया सदिक्षाको गत बुधवार उपचारको क्रममा निधन भएको हो । गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत पुगेकी उनलाई निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना गरिएकाे थियाे । तर, उपचार सम्भव नभएपछि उनले त्यसको दोस्रो दिननै ज्यान गुमाइन् । 

हाल परिवारले सदिक्षाकाे शव नेपाल ल्याउन चाहेको र आफ्नै धर्म संस्कृति अनुसार अन्त्यष्टि गर्न चाहेको भन्दै सहयोगको अपिल गरेको छ । परिवारको आर्थिक अवस्था नाजुक रहेको कारण नेपाल स्कटल्याण्ड एसोसिएनका सचिव मनिष खत्रीको सक्रियतामा गो फण्ड मिमार्फत सहयोग जुटाउन थालिएको छ । हाल साे फण्डमा सहयाेग रकम जम्मा भइरहेकाे र सबैलाई सकेकाे सहयाेग गर्न पनि आग्रह गरिएकाे छ । 

सहयोग गर्न चाहनेलाई-

Bank HSBC

Account Name:

Non-Resident Nepalese Association UK

Sort code:- 40-46-22

Account Number- 51707000

Reference: SADIKSHYA 21

Logo