महोत्तरीमा भरुवा बन्दुकसहित तीनजना पक्राउ

महोत्तरीमा भरुवा बन्दुकसहित तीनजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

महोत्तरीबाट दुईथान भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेम बहादुर भोलन र ३८ वर्षीय अमिर स्याङ्तान छन्। लालबहादुर र प्रेम बहादुरको साथबाट भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

वनपथ राष्ट्रिय वन क्षेत्रभित्र शिकार खेल्न गएको बेला मंगलबार साँझ ५ बजे तीन जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

Logo