वर्षा सँगै परेको चट्याङ लागेर मङ्गला गाउँपालिका-३ मा एक जना महिलाको मृत्यु भएको छ ।
मङ्गला गाउँपालिका-३ सातबिसे घर भएर मङ्गला गाउँपालिका-३ कै घाम्ताङमा छोरीको घरमा गएकी ६० वर्षीया जगदेवी कामीकाे चट्याङ्ग लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएकाे छ ।
बुधवार चट्याङ लागेर मृत्यु भएको मृतकका ज्वाइँले प्रहरीमा खबर गरेका थिए। मृतकको सब पोस्टमार्टमका लागि सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सूचना अधिकारी किरण लामाले बताए।































प्रतिक्रिया