तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० जेठ ५ गते शुक्रबार। १९ मे २०२३।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। मङ्गल कार्यको योग छ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
मित्रहरूले दिएको वचन फेरिन सक्छ। फजुल खर्चले चिन्ता बढाउनेछ। मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण पनि बन्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ। सन्तान सुख मिल्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ। भौतिक साधन जुटाउने समय छ। रमाइलो यात्राको योग रहेको छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
नयाँ कार्यको थालनी हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ। सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
शुभ र मङ्गल कार्यको चर्चा चल्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। चिताएको कामले तीव्रता पनि लिनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेमीको सहयोग पाइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। पारिवारिक साथ मिल्नेछ।

Logo