बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद र ५० हजार क्षतिपूर्तिको फैसला

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद र ५० हजार क्षतिपूर्तिको फैसला

केन्द्रबिन्दु
0
Shares

भोजपुर।

जिल्ला अदालत भोजपुरले १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ ।

अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो ।

त्यस्तै अदालतले सोही घटनामा संलग्न बालिकालाई ललाइफकाई केशरको घरसम्म लैजान सहयोग गर्ने सुनसरी इटहरी उपमाहानगरपालिका–२ भुल्केका खेमराज दमाइँलाई पाँच वर्ष कैद सजाय सुनाएको छ ।

सुन्दासले ०७६ साल भाद्र ८ गते भोजपुर नगरपालिका–१२ टक्सार कोटडाँडास्थित आफ्नै घरको कोठामा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई पीडित परिवारको उजूरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।रासस

Logo