तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० जेठ ६ गते शनिबार। २० मे २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
शुभारम्भको चर्चा चल्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्। आफन्तको प्रगतिमा मन रमाउनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज श्रमको उचित मूल्याङ्कन हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार सुन्न पाइएला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
प्रेममा बाधाका साथै मन कमजोर रहला। घर परिवारमा झैझमेलाको अवस्था आउला। घर परिवारमा आकस्मिक स्वास्थ्य बिग्रन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पारिवारिक सद्भाव बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा होला।आकस्मिक धनलाभ हुनेछ। महिला वर्गबाट सहयोग पनि मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्ला। प्रेममा पनि सफलता प्राप्त हुनेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
अरुलाई प्रभावित पारेर काम बन्नेछ। चलाखीपूर्ण कार्यले सङ्कल्प सिद्ध हुनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। पठनपाठनमा प्रगति हुनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । पेटमा समस्या आउन सक्छ। दिनको उत्तरार्धमा भने मन आफन्तको साथ मिल्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ। शुभ समाचार सुन्न पाइएला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

Logo