गाँजा तस्कर समाउन खोज्दा प्रहरी हवल्दार घाइते

गाँजा तस्कर समाउन खोज्दा प्रहरी हवल्दार घाइते

केन्द्रबिन्दु
0
Shares

गाँजा तस्कर पक्राउ गर्न खोज्दा एक जना प्रहरी घाइते भएका छन्। भारततर्फ गाँजा लैजाँदै गरेको सुचना पाएपछि पक्राउ गर्न जाँदा एक प्रहरी घाइते भएका छन्। 

विराटनगर महानगरपालिका–१८ मुसहरी टोलबाट २२ किलोग्राम गाँजा बरामद गर्ने क्रममा प्रहरी हवल्दार घाइते भएको मोरङ प्रहरीका डीएसपी एवम प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार गाँजा फालेर भाग्न खोजेका व्यक्तिलाई नियन्त्रणमा लिनका लागि लखेट्ने क्रममा इलाका प्रहरी कार्यालय बुधनगरका सहायक हवल्दार ३१ वर्षीय राजा साह घाइते भएका हुन्।

उनको कोशी अस्पतालमा उपचार भइरहेको छ।उनका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको भएपनि सो घटनामा संलग्नहरु भने फरार भएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

Logo