प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

केन्द्रबिन्दु
0
Shares

वनमा लागेको डढेलाे बस्तिमा पस्दा ११ घर जलेर नष्ट भएका छन्। प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसे पछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो।

सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भइसकेको छैन।

यद्धपी, स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएकाे छ। सो आगलागीवाट कति क्षति भयो ? त्यसको मूल्याङकन गर्ने कार्य भइरहेको जनाएको छ।  

Skip This
Skip This
Logo