एक हप्तादेखि काठमाडाैँमा उखु किसानकाे आन्दोलन जारी, माग पूरा नभएसम्म नछाड्ने

एक हप्तादेखि काठमाडाैँमा उखु किसानकाे आन्दोलन जारी, माग पूरा नभएसम्म नछाड्ने

केन्द्रबिन्दु
0
Shares

सरकारले तोकेको भन्दा कम मूल्यमा चिनी मिलहरुले उखु खरिद गरेको विरोधमा उखु किसान आन्दोलनमा जारी छ । उनीहरुले सरकारसँग तत्काल उखुको मूल्य निर्धारण गरिनुपर्ने माग गरेका हुन् ।

कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले नेतृत्वमा उखु किसान सात दिनदेखि माईतीघर मण्डलामा अनसनरत छन् ।

प्रदर्शनमा सहभागी उखु किसान रामचन्द्र विश्वकर्माले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । उनले भने, ‘किसानको अनुदान रकम उपलब्ध नभएसम्म अनसन जारी रहनेछ । हामी आएको ७ दिन भयो । सरकारले उखु किसानलाई प्रति क्वीन्टल २५ रुपियाँ अनुदान दिने भनेको थियो । तर, हामीले पाउन सकेका छैनौं ।’

त्यस्तै, अर्का उखु किसान उदयराज चौधरीले दशक बितिसक्दा समेन उखु किसानले अनुदान बापतको रकम नपाएको बताए । सोही कारण आन्दोलनमा उत्रिनु परेको उनको भनाई छ । उनले भने,‘हामी कपिलवस्तुदेखि आएका उखुको किसान हौं । ०७१देखि हामी आन्दोलनमा छौं । त्यसबेला सरकारले उखु किसानलाई प्रति क्वीन्टल २५ रुपियाँ  अनुदान दिने भनेको थियो । तर, आजसम्म पाउन सकेका छैनौं ।’ 

Skip This
Skip This
Logo