सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको निधन भएको छ। ‘सफा हिमाल अभियान-२०२३’ का सरदारसमेत रहेका शेर्पाकाे सोमबार निधन भएको हो। उनी बिगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भुमिकामा थिए।
ओखलढुंगा घर भएका शेर्पा सगरमाथाको बेस क्याम्प-२ मा क्याम्प म्यानेजरको भुमिकामा रहँदै गर्दा उनी अचेत हुन पुगेका थिए। सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दैगर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमबार निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ।
उनको पार्थिव शरिरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौँ ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ। उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिब शरिर पनि परिवारजनलाई बुझाइएको छ।































प्रतिक्रिया