चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउण्डेशन नेपालले जिल्लाको विभिन्न स्थानबाट हुँदै आएको अवैध तथा अनियन्त्रित नदीजन्य पदार्थ उत्खन्नको नियमन तथा नियन्त्रण गनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको छ।
नेपाल सरकारले तोकेको मामदण्ड विपरीत तथा वातावरणमा प्रतिकुल प्रभाव पर्नेगरी भएको उत्खनन रोक्न माग गर्दै फाउण्डेशनका अध्यक्ष विणुकुमार साह नेतृत्वसहितको टोलिले जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख भोजराज खतिवडामार्फत विभिन्न सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएको हो।
फाउण्डेशनले बुझाएको ज्ञापनपत्रमा जिल्लाको विभिन्न नदी तथा स्थानबाट मापदण्ड विपरित भइरहेको उत्खन्नले वातावरणिय असन्तुलन, चुरे विनास, भू-क्षय तथा पानीका मुहान सुक्न थालेकाले मापदण्ड विपरितका उत्खन्न तत्काल रोक्न माग गरेको छ।ज्ञापनपत्रमा भनिएको छ, ‘यसअघि पनि कमला बचाउ अभियानको नाममा स्थानीय किसान, राजनीतिक दल, नागरिक समाजले उठाउँदै आएको आवाजप्रति ऐक्यवद्धता जनाउँदै उहाँहरूले उठाएको माग छिटोभन्दा छिटो पुरा गर्न सरोकारवालासँग अपिल गर्दछु।’
विशेष गरेर सिरहा धनुषाको सीमाना भएर बग्ने धार्मीक, सामाजिक तथा सांस्कृतिक महत्वको कमला नदीबाट राज्यले तयगरेको मापदण्ड विपरीत नदीजन्य पदार्थ अवैधरुपमा उत्खन्न भइरहेको प्रति फाउण्डेशनको गम्भिर ध्यानाकर्षण भएको जनाएको हाे।
कमला नदीको जथाभाभी उत्खन्नका कारण किनारमा रहेका सिरहातर्फका कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिका प्रत्येक वर्ष प्रभावित हुने गरेका छन्।































प्रतिक्रिया