माेरङ र अछाममा गरी लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। मोरङकाे विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको डाईलेक्स डिसी ११ बोतलसहित सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३५ वर्षीय आशीष ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।
अछामकाे बान्निगढी जयगढ गाउँपालिका-४ तिमल्सेनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्रामसहित सोही गाउँपालिका-३ धाराशैन बस्ने २१ वर्षीय शंकर ठकुल्लालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। साथै घटनामा संलग्न एक जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।





























प्रतिक्रिया