आज यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी

आज यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू-भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ । 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ।

आज राति देशभर आंशिक देखि  सामान्य  बदली  रहनेछ। कोसी  प्रदेश,  मधेस  प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा  बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि  मध्यम वर्षाको सम्भावना रहेको छ । 

Skip This
Skip This
Logo