दार्चुलामा ग्यास लिक हुँदा जलेर घाइते भएका अमर ठगुन्नाको मृत्यु

दार्चुलामा ग्यास लिक हुँदा जलेर घाइते भएका अमर ठगुन्नाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका बृद्धको मृत्यु भएको छ। नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको मृत्यु भएको हो। 

बुधवार बिहान चिया पकाउने क्रममा ग्यास विस्फोट हुँदा जलेर घाइते भएका उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने भनिए पनि नेपालगञ्ज लगिएको थियो । उनको नेपालगञ्जमा उपचारको क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Skip This
Skip This
Logo