कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका-८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई १० लाख राहत रकम हस्तान्तरण गरेका छन् ।वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियमानुसार पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए ।
गत वैशाख ८ गते पचुईँस्थित खप्टीनालामा घाँस काट्न गएकी चन्दलाई बाघले आक्रमण गरेको थियो । सँगै घाँस काट्न गएका स्थानीयले भागेर ज्यान जोगाएका थिए । बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले अर्को दिन बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना पठाइएको थियो । खोजी गर्ने क्रममा चन्दको शव खप्टी नाला क्षेत्रमा भेटिएको थियो ।































प्रतिक्रिया