रुकुम जीप दुर्घटना: पाँच जनाको मृत्यु, गम्भीर घाइते चारलाई कोहलपुर लगियो

रुकुम जीप दुर्घटना: पाँच जनाको मृत्यु, गम्भीर घाइते चारलाई कोहलपुर लगियो

केन्द्रबिन्दु
0
Shares

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका- ८ दुलीमा भएको जीप दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ।
 
बिहीबार बिहान करिव साँढे आठ बजेतिर भएको दुर्घटनाममा परि २२ दिने सुत्केरी र उनको शिशु समेत चार जनाको घटनास्थलमा र एक जनाको उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको बाँफीकोट गाउँपालिका ८ का वडाध्यक्ष धनबहादुर खत्रीले जानकारी दिए।

‘बिहान भएको दुर्घटनामा घटनास्थलमै चार र उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै एक जना गरि पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ दिनको सुत्केरी रेखा खत्री र उनको नवजात शिशु रहेका छन्। कर्ण बाठा मगरको परिचय खुलेको छ। मृत्यु हुनेमा सानीभेरी गाउँपालिकाको तीन जना र बाँकी बाँफीकोटका रहेका छन्।’ वडाध्यक्ष खत्रीले भने।
 
दुर्घटनामा गम्भीर घाइते चार जनालाई हेलिकोप्टरमार्फत उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। बाँकी छ जनाको  रुमुम पश्चिमको सल्लेमा उपचार भइरहेको छ।  

सानीभेरी-५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप बिहान दुर्घटनामा परेको थियो। प्रारम्भीक रुपमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने खत्रीले बताए। 

Logo