सङ्खुवासभामा खुकुरी प्रहार गरी युवतीको हत्या

सङ्खुवासभामा खुकुरी प्रहार गरी युवतीको हत्या

केन्द्रबिन्दु
0
Shares

सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ।सभापोखरी गाउँपालिका-१ घर भई खाँदबारी-१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका-१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन्।उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्।गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । 

युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ।

गए राति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ। बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको कारण भने खुल्न नसकेको डिएसपी गोदारले बताए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।  

Skip This
Skip This
Logo