सवारी दुर्घटनामा परी रोल्पामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा परी रोल्पामा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रोल्पाको सुनिलस्मृति गाउँपालिका–२, चतुर्भुज मोडमा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका-८, धनचौरका १६ वर्षीय सागर सापकोटा रहेका छन्।

दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा शनिबार बेलुकी सवा ७ बजे मृत्यु भएको  हाे । शनिबार साँझ साढे ६ बजे लु ८७ प २०६८ नम्बरको मोटरसाइकल स्टार्ट गरेर घुमाउने क्रममा सडकबाट करिब ३५ मिटर तल खसेको जनाइएको छ।

Logo