जीप दुर्घटनामा एकको ज्यान गयो

जीप दुर्घटनामा एकको ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

दाङ । दाङको घोराहीमा सवारी साधन दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कृष्णनगर हुँदै कपिलवस्तुदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ९६२ नम्वरको बोलेरो जीप घोराही –३ मसोट नजीकै दुर्घटना हुँदा तुलसीपुर –१५ बस्ने १६ वर्षीय पदम वलीको ज्यान गएको हो ।

वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश न ५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।–रासस

Logo