1
0
Shares

राष्ट्रिय योग दिवस आजदेखि एक हप्तासम्म मनाइने

1
1
1

काठमाडौं ।

सरकारले ‘राष्ट्रिय एकताः योगको सान्दर्भिकता’ भन्ने आदर्श नाराका साथ आज माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा मनाइँदै आए पनि नेपाल सरकारले ०७२ सालदेखि माघ १ गते लाई राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालेको हो । यसवर्ष माघ १ देखि ७ गतेसम्म केन्द्र, प्रदेश र स्थानीय तहमा समेत विभिन्न कार्यक्रम गरी योग दिवस मनाइनेछ ।

दिवसको तयारीका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

योगलाई जीवन दर्शनका रुपमा विकास गरी नेपाललाई योगको उर्वर भूमिका रुपमा आन्तरिक र अन्तरराष्ट्रियरुपमा परिचित गराउन राष्ट्रिय योग अभ्यासक्रम निर्माण गर्ने तथा प्राविधिक धार र उच्चशिक्षामा समेत योग विषयको पठनपाठन गराउने तयारी सरकारले गरेको छ ।

प्रकाशित: १ माघ २०७६ १२:३२ बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी