बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप तीन जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार थप तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगर वडा नम्बर ५का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की रहेका छन् ।
केही दिनअघि यसै प्रकरणमा सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गर्दै अनुसन्धान थालेको थियो । जसमा पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्की, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, र धर्मप्रसाद गौतम रहेका थिए ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको करिब १४३ रोपनी जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइबीले पनि अनुसन्धान गरिरहेको छ ।































प्रतिक्रिया