लागुऔषधसहित तीनजना पक्राउ

लागुऔषधसहित तीनजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर, डोटी र  मोरङबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन्। कञ्चनपुरकाके भिमदत्त नगरपालिका-४ बसपार्कस्थित रेष्टुरेन्टबाट अवैध लागुऔषध खैरो हेरोइन ६ सय ५० मिलिग्रामसहित बेदकोट नगरपालिका-७ बस्ने २३ वर्षीय किरण जोशीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। 

डोटीकाे दिपायल सिलगढी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८० मिलिग्रमसहित सोही नगरपालिका-४ पिपल्ला बस्ने २७ वर्षीय काइसु लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिपायल सिलगढी नगरपालिका-६ बस्ने २५ वर्षीय पवन शोपबाट खरिद गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ। 

मोरङकाे सुन्दरहरैचा नगरपालिका-१० सुकुमबासी बस्ती बस्ने ६९ वर्षीया फुलमायाँ दर्जी र बेलबारी नगरपालिका-२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई अवैध लागूऔषध गाँजा करिब १ केजीसहित प्रहरीले पक्राउ गरेको छ। 

दर्जीले आफ्नै घरमा लागूऔषध गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी दर्जी र गाँजा खरिद गर्ने बेलबारी नगरपालिका-२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई प्रहरीले पक्राउ गरेको हो।

Logo