तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० असार १९ गते मंगलबार। ४ जुलाई २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
निर्णय कार्यान्वयन हुन सक्दैनन्। आत्मबलमा कमी आउनेछ। मनमा दुबिधा उत्पन्न हुनेछ। मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज कुनै कुराले मनमा शान्ति छाउनेछ। धर्मकर्ममा मन लाग्नेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। सामाजिक कार्यमा सफलता हात लाग्नेछ। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नसक्छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ। जोशजाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सजिलै अरूको मन जित्न सकिनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज प्रेम जीवन सुखद् रहनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। जोशजाँगर र हिम्मत पनि बढ्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सौन्दर्यतामा धन खर्च हुनेछ, तर आफन्त सँग भेटघाट हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। विज्ञान र प्राविधिक कार्य अघि बढ्नेछ। उत्साह, जाँगर र उमङ्ग बढ्नेछ। स्वादिष्ट खानेकुरा पनि मिल्नेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
स्वादिष्ट खानेकुरा खान पाइनेछ।धन हात पनि पर्न सक्छ, तर साँझमा मन भावुक र उत्ताउलो बन्नसक्छ। यात्रा गर्दा सावधानी अपनाउनुपर्ला।
 

Skip This
Skip This
Logo